Logo
Logo

प्रहरीको विषयमा बोलेको कुरामा अडिग छु : खगेन्द्र सुनार


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको विषयमा यसअघि आफूले बोलेको कुरामा अडिग रहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: Dan-bdr-and-khagendra.jpg

बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले आफूले यसअघि नेपाल प्रहरीमा भएको अनियमितताको विषयमा बोलेको कुरामा अडिग रहेको बताउँदै समितिमा आएर अपमान गर्न नपाइने बताए ।

उनले भने, ‘हामीले १५ दिन भित्र प्रहरीसँग स्रोत साधन व्यवस्थापनमा भएका अनियमितताको बारेमा मागेका डकुमेन्ट आयो की आएन । फेरी यसै बीचमा प्रहरीले करोडौंको टेण्डर आव्हान गरेको छ ।  निश्चित बिचौलियाले प्रहरीको हेडक्वाटर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिग छु, म मजबुत छु, कहीँ कतै साथीहरूलाई मानमर्दन भयो भन्ने लाग्छ भने नजिकै अदालत छ गएर मुद्दा हाल्न सक्नुहुन्छ । कठघरामा उभिएर जवाफ दिन तयार छु । तर सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुवारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन ।’

यसअघि लेखा समितिको बैठकमा सुनारले निर्वाचन प्रहरीको लत्ता कपडा खरिदमा अनियमितता भएको भन्दै आइजीपी सहितका जिम्मेवार अधिकारीहरूमाथि अनुसन्धान हुनुपर्ने माग राखेपछि त्यो विषय विवादित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्