Logo
Logo

आईजीपीलाई मानमर्दन भएको लागे मुद्दा हाल्न खगेन्द्रको चुनौती


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई मुद्दा हाल्न चुनौती दिएका छन् । 

The current image has no alternative text. The file name is: khagendra.jpg

बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले विगतमा आईजीपीबारे बोलेको  विषयमा आफू अडिक रहेको बताए । यसअघि सुनारले सार्वजनिक लेखा समितिको बैठकमा आईजीपी कार्कीविरुद्ध उजुरी परेकाले छानबिन गर्नुपर्ने बताएका थिए । 

त्यसलाई लिएर चर्को आलोचना भएको थियो । त्यस विषयमा आईजीपी कार्कीले गृहमन्त्री सुधन गुरुङ र सभामुख डोलप्रसाद अर्याललाई समेत भेटेका थिए । 

बिहीबारको बैठकमा सांसद सुनारले त्यही विषयलाई फेरि उठाएका हुन् । ‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएनरु’ सांसद सुनारले भने, ‘फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ ।’

उनले प्रहरी मुख्यालयलाई विचौलियाले कब्जा गरेको दाबी गरे । ‘निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्,’ सुनारले भने । यसअघिको बैठकमा आफूले सोधेको प्रश्नमा अडिग रहेको बताउँदै छानबिन गर्नुपर्नेमा जोड दिए । ‘अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु,’ उनले भने । 

आफूले कसैको मानमर्दन नगरेको प्रस्टीकरण दिँदै उनले यदि कसैलाई मानमर्दन भएको लागेमा मुद्दा हाल्न चुनौती दिए । 

‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला,’ सांसद सुनारले भने, ‘कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु ।’

उनले संसदीय समितिमा आएर सांसदसँग जुहारी खेल्न नहुने सुनाए। ‘एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन,’ सांसद सुनारले भने । 

प्रतिक्रिया दिनुहोस्