
काठमाडौं । नेकपा एमालेका नेता मोहम्मद इस्तियाक राईले पासपोर्ट खरिदको विषयमा संसदीय समितिमा प्रधानमन्त्री बालेन शाहलाई बोलाएर छलफल गर्ने प्रस्ताव राखेका छन् ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बाहिर आएको पासपोर्ट खरिदको विषयमा प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने बताएका हुन् ।
साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार मिचेर सरकारले आफू मातहत छुट्टै सम्पत्ति छनबिन आयोग गठन गरिएको विषयमा पनि जवाफ चाहिने उनले बताए ।
अनि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यमा बोलाएर सात घण्टासम्म केरकार गरेको विषय पनि रहेको उनले बताए ।












