Logo
Logo

प्रधानमन्त्री बालेन पोखरा-मुस्ताङ भ्रमणमा, सुरक्षा निकाय अनभिज्ञ  


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मुस्ताङ भ्रमणका लागि शुक्रवार बिहान आफ्नो सरकारी गाडीमार्फत काठमाडौंबाट पोखरातर्फ प्रस्थान गरेका छन् । उनी गाडीबाटै पोखरा पुगेर मुस्ताङ जाने कार्यक्रम रहेको छ ।

The current image has no alternative text. The file name is: balen-2.jpg

बालेन शुक्रवार अपराह्न पोखरा पुग्नेछन् र कास्कीको अन्नपूर्ण गाउँपालिका अस्तामस्थित एक रिसोर्टमा रात बिताउनेछन् । उक्त रिसोर्ट उनका लागि बुक भइसेको छ ।  प्रधानमन्त्रीको पोखरा भ्रमण निश्चित भए पनि यसको प्रयोजनबारे सुरक्षा निकायहरूसमेत अनभिज्ञ छन् । 

कास्की प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयबाट आफूले कुनै औपचारिक जानकारी नपाएको बताए छन् । उनले प्रधानमन्त्री आउन लागेको विषय सामाजिक सञ्जालबाट मात्रै थाहा पाएको बताएका छन् ।

बालेनले भ्रमणका विषयमा पार्टीलाई पनि कुनै जानकारी गराएका छैनन् । त्यस्तै बालेनले मुस्ताङका सुरक्षा निकायलाई पनि कुनै जानकारी गराएका छैनन् ।  

प्रतिक्रिया दिनुहोस्