Logo
Logo

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः शिक्षामन्त्री


0
Shares

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासका लागि काम गर्नुपनेमा जोड दिएका छन् ।

कैलालीको धनगढीमा आज आयोजित शिक्षा क्षेत्रका नीति, कार्यक्रम, बजेट तथा कार्यान्वयन प्रक्रियाबारे प्रदेश र स्थानीय तहका सरोकारवालाहरुको प्रदेशस्तरीय तीनदिने अभिमुखीकरण कार्यक्रममा मन्त्री पोखरेलले सबै तहको समन्वयबाट नै शिक्षामा सुधार सम्भव हुने बताए ।

उनले भने, ‘प्रदेश र स्थानीय तहसँग सहकार्य नगरी शिक्षा क्षेत्रका काम प्रभावकारी रुपमा सम्पादन गर्न सकिँदैन । त्यसैले शिक्षा नियमावलीको १०औँ संशोधन र अन्य ऐेन, कानुनले गरेका व्यवस्थाको परिपालना गर्न मिलेर अगाडि बढौँ ।’

शिक्षा ऐन, नीति र कानुन बनाउँदा सबै सरोकारभएकाहरुसँग बढीभन्दा बढी संवाद गर्न आवश्यक रहेको भन्दै मन्त्री पोखरेलले संवादबाटै सबै समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा शिक्षा विभागका निर्देशक णप्रसाद न्यौपानेले शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न नीति, कानुन, निर्देशिका, मापदण्ड तथा वार्षिक कार्यक्रमको कार्यान्वयनमा प्रदेश, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइ (इडिसीयु) बीच समान बुझाइ कायम गर्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्