Logo
Logo

शंखमुलको भ्याली ब्वाइज होस्टलमा कुटपिटबाट १ युवकको मृत्यु


0
Shares

काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ । शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा तीन युवकबीच कुटपिट हुँदा दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको हो ।

कुटपिटका क्रममा गम्भीर घाइते भएका उनलाई उपचारका लागि मिनभवनस्थित सिभिल अस्पताल लगिएको थियो । टाउको र घाँटीमा चोट लागेका उनी अस्पताल पुग्दा बोल्न नसक्ने अवस्थामा थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने २० वर्षीय प्रमित पटेल फरार छन् । उनको खोजी भइरहेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्