Logo
Logo

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्का पुगे सर्वोच्च


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट कानून व्यवसायीले सर्वोच्च पुगेर छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् ।

उनीहरूले असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढाएको कार्यतालिका रोक्न माग गरेका छन् । आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्चले निस्सासमेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशनसम्बन्धी काम अघि नबढाउन नमिल्ने देउवा पक्षको तर्क छ ।

असोज १६–१९ मा महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ । तर इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्