Logo
Logo

प्रधानमन्त्री कार्यालयले भन्यो- प्रधानमन्त्री बालेनको मुस्ताङ भ्रमण निजी


0
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रधानमन्त्री बालेन शाहको निजी भ्रमण भएको बताएको छ ।

आज प्रधानमन्त्री कार्यालयले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्रीको पोखरा तथा मुस्ताङ भ्रमण निजी भएको बताए ।

प्रधानमन्त्रीको निजी भ्रमण भएकाले थप जानकारी लिनुपरे निजी सचिवालयबाट लिँदा उपयुक्त हुने उनको भनाइ छ ।

प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै आज पोखरा पुगेका छन । उनी कास्कीको अन्नपूर्ण गाउँपालिकाको अस्ताममा रहेको एक रिसोर्टमा बसेर मुस्ताङ जानेछन् । यद्यपी उनको यो भ्रमणबारे सुरक्षा निकायलाई जानकारी दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्