Logo
Logo

रास्वपा प्रवक्तामा जगदीश मनोनित, कुन विभाग प्रमुख को बने ?


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रवक्ताको जिम्मेवारी जगदीश खरेललाई दिएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले खरेललाई प्रवक्तामा मनोनित गरेको हो ।

त्यस्तै कोषाध्यक्षमा मनोमुर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहप्रवक्ता सरेन्द्र चौधरी र डा. नमिता यादव मनोनीत भएका छन् । त्यसैगरी बैठकले पार्टीका विभिन्न विभाग प्रमुखहरूको नाम टुंगो लगाएको छ । जसमा संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनित भएका छन्।

त्यस्तै सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पुर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, अर्थ विभागमा लीमा अधिकारी बनेकी छन्।

प्रतिक्रिया दिनुहोस्