काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको समस्याको समाधान पार्टी कार्यालयबाटै संवादमार्फत खोजिनुपर्ने बताएका छन् ।

शनिवार कांग्रेसले आयोजना गरेको ग्रीन रनको उद्घाटन गर्दै उपसभापति शर्माले पार्टीभित्रका मतभेदको समाधान अदालतको ढोकाबाट भन्दा पनि पार्टी कार्यालयको कोठामा बसेर खोजिनुपर्ने बताएका हुन् ।
विशेष महाधिवेशनपछि आएको वर्तमान नेतृत्व स्थायी नभएको र असोजमा हुने केन्द्रीय महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री लगायत जुनसुकै पदमा प्रतिस्पर्धा गर्न चाहने सबै नेता-कार्यकर्ताका लागि ढोका खुला रहेको उनले बताए ।
उनले राजनीतिक दलहरूको काम केवल सरकार बनाउने, संविधान निर्माणरसंशोधन गर्ने, र चुनाव जित्नेरहार्नेमा मात्र सीमित नरहेको बताए ।














