
काठमाडौं । ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीका कारण काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै चितवनलगायत पश्चिम, पोखरालगायत पश्चिम, गोरखा, लमजुङ, धादिङ, नुवाकोट र रसुवालगायत जिल्लामा जाने सवारीसाधन काठमाडौँमा रोकिएका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै चितवन, पोखरा, गोरखा, लमजुङ, धादिङ, नुवाकोट र रसुवालगायत जिल्लामा जाने सवारीसाधन काठमाडौँमा रोकिएको जानकारी दिए।














