Logo
Logo

त्रिशूली किनारका वासिन्दालाई सुरक्षित स्थानमा सर्न र उद्धारमा जुट्न देउवाको आह्वान


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नदी आसपासका बस्तीमा जोखिम बढेपछि देउवाले सामाजिक सञ्जालमार्फत बाढीको असर नियन्त्रण र उद्धारमा जुट्न आह्वान गरेका हुन्।

‘रसुवादेखि नुवाकोट, धादिङ, चितवन लगायतका त्रिशूली नदी किनार क्षेत्रमा असर पुग्न सक्ने भएकाले समयमै सुरक्षित रहनुहुन आग्रह गर्दछु,’ उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्