काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराहन्न १२ : १५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भोटेकोशीमा आएको बाढीले ठुलो धनजनको क्षति भएको प्रारम्भिक अनुमानपछि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।














