काठमाडौं । भोटेकोसीमा आएको बाढी प्रभावित भएका रसुवाका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

नेपाली सनोका अनुसार, स्याप्रुबेसीबाट ६, मैलुङबाट दुई र धुन्चेबाट चार जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
बाढी प्रभावितको उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन गरिएका छन् । नेपाली सेनाका चार र निजी क्षेत्रका आठ वटा हेलिकप्टर उद्धारका लागि खटिएको नेपाली सेनाले जनाएको छ ।
उद्धार गरिएका बाढी प्रभावितलाई नेपाली सेनाको मेडिकल टोलीले त्रिशुलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार गरिरहेको जनाएको छ ।














