Logo
Logo

रसुवा बाढीपीडितको सहयोगका लागि नेकपाले २५ लाख रुपैयाँ प्रदान गर्ने


315
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवाका बाढीपीडितहरूको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

The current image has no alternative text. The file name is: prachand-1.jpg

पार्टीका प्रवक्ता प्रकाश ज्वालाकाअनुसार प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई तत्काल सहायता पु¥याउने उद्देश्यले सो रकम सहयोग गर्ने निर्णय भएको हो । नगद सहयोगका अतिरिक्त पार्टीले प्रभावित जिल्लाहरूमा आवश्यक राहत सामग्रीसमेत पठाउने तयारी गरेको छ ।

विपद्को यस घडीमा पीडित नागरिकलाई राहत उपलब्ध गराउनु पार्टीको दायित्व भएको उल्लेख गर्दै प्रवक्ता ज्वालाले उक्त निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्