Logo
Logo

बाइरोडको बाटोबाट पेट्रोलियम पदार्थ काठमाडौं ल्याइँदै


0
Shares

काठमाडौं । सरकारले हेटौँडा हुँदै त्रिभुवन राजपथ (बाइरोड) बाट अत्यावश्यक सामान ढुवानी गर्ने तयारी थालेको छ ।

धादिङको कृष्णभीरमा सडक पूर्ण भासिएपछि काठमाडौंका लागि अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुने भएपछि सरकारले पेट्रोलियम पदार्थ बाइरोडको बाटोबाट ल्याउने तयारी थालेको हो।

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण मुग्लिनको बाटो ३ दिन बन्द भएर खुलेको थियो । तर, कृष्णभीरमा सडक भासिएपछि फेरि मुग्लिन–नारायणगढको बाटो बन्द भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुन नदिन काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्