Logo
Logo

कृषि विकास बैङ्कको त्रिशूली ढुङ्गे शाखाबाट डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो


0
Shares

काठमाडौं । नेपाल प्रहरीले निरन्तर करिब ८ घण्टाको प्रयासपछि कृषि विकास बैङ्कको त्रिशूली ढुङ्गे शाखामा रहेको ठूलो परिमाणको नगद, सुन तथा महत्त्वपूर्ण कागजात सुरक्षित स्थानमा सारेको छ ।

The current image has no alternative text. The file name is: adb-bank.jpg

प्रहरीका अनुसार शाखाबाट करिब १ करोड ५० लाख रुपैयाँ नगद, अनुमानित ५० करोड रुपैयाँ बराबरको सुन तथा महत्त्वपूर्ण कागजात सुरक्षित स्थानमा सारिएको हो।

बाढी तथा विपद्का कारण जोखिममा परेको बैङ्कको शाखामा प्रहरी टोलीले निरन्तर प्रयास गरी बैङ्कमा रहेका नगद, सुन तथा महत्त्वपूर्ण कागजात सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्