Logo
Logo

सुरक्षा निकाय प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री शाह


0
Shares

काठमाडौं । भोटेकोसी बाढीका कारण निम्तिएको संकट समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ लिइरहेका छ । 

The current image has no alternative text. The file name is: balen-1.jpg

सोमबार बिहानैदेखि प्रधानमन्त्री शाह छलफलमा लागेका हुन् । केहीबेर अघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबाट ‘ब्रिफिङ’ लिएका छन् । 

प्रधानसेनापति सिग्देलले हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका विषयमा प्रधानमन्त्री शाहलाई  जनाकारी गराएका हुन् । 

यसपछि सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ‘ब्रिफिङ’ लिन लागेका छन् । त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग ‘ब्रिफिङ’ लिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भदौ १० गते बिहान भोटेकोसीमा आएको बाढीले धनजनको ठूलो क्षति पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्