
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधवार आएको भीषण बाढीका कारण ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ ।
बाढी प्रभावित क्षेत्रमा हाल बेपत्ता भएकाहरूको खोजी तथा जोखिममा परेकाहरूको उद्धार कार्यलाई निरन्तरता दिइएको छ । बाढीका कारण विस्थापित भएका परिवारहरूको राहत व्यवस्थापन र फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले सक्रियता देखाएको छ ।
यसका साथै, बाढीमा परी ज्यान गुमाएकाहरूको शव संकलन तथा व्यवस्थापनको कार्य समेत तदारुकताका साथ अगाडि बढाइएको छ । स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा राहत र पुनस्र्थापनाका कार्यहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।














