Logo
Logo
भोटेकोशी बाढी

उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने निर्णय


0
Shares

काठमाडौं । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीपछि उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरूलाई सरकारले जोखिम भत्ता दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले खोज र उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।

साथै घाइते भएमा निःशुल्क औपधि उपचार, मृत्यु भएमा निजको परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्