Logo
Logo

बेत्रावतीमा पुरिएको घरबाट उद्धार भएकी महिलालाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै


378
Shares

काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट उद्धार भएकी महिलालाई काठमाडौं ल्याइँदै छ । सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार, बिदुर नगरपालिका-१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चन्डिकाको उद्धार गरिएको हो ।

The current image has no alternative text. The file name is: nuwakot-uddar.jpg

उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो । यसअघि नेपाली सेनाले अपर त्रिशूली-१ बाट पनि एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।

त्यस्तै, हिजो त्रिशूली-३ ए को सुरुङबाट पनि २ जनाको उद्धार गरिएको थियो । सुरुङमा मात्र मानिसहरू फसिरहेको कुरा आइरहेका बेला शनिवार बाढीले बगाएका घरका संरचनाहरूभित्र पनि मानिस फसेको हुनसक्ने तथ्य बाहिर आएको छ ।

बाढीका कारण रसुवा गढीदेखि धादिङको गलौंदी सम्मका घरहरूमा क्षति पुगेको छ । धेरै बस्तीका घरहरू पुरिएका छन् कति घरहरू बाढीले पल्टाएको छ । यस्ता घरहरूमा पनि मानिसहरू च्यापिएका हुनसक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्