Logo
Logo

बाढीमा १३ सय बढीको मृत्यु, ९८ जनाको सनाखत


0
Shares

काठमाडौं । भोटेकोसी बाढीमा हालसम्म मृत्यु हुनेको संख्या एक हजार ३४२ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सार्वजनिक गरको तथ्यांकअनुसार बाढीमा ज्यान गुमाएका मध्य ९८ जनाको सनाखत भएको छ ।

उनीहरूको शव परिवारलाई हस्तान्तरण समेत भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताइन् । ” ९८ वटा शवको सनाखत भइसकेको छ । सनाखत कार्यलाई सजिलो बनाउन आफन्त तथा नातेदारको डीएनए परीक्षणको कार्य समेत भइरहेको छ,” उनले भनिन् । प्राधिकरणका अनुसार विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार जारी रहेको छ ।

हाल त्रिशूली–३ ए आयोजनाको सुरुङमा १६० मिटर, त्रिशूली–३ बीमा ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म पुगेर उद्धार टोलीले खोज जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्