Logo
Logo

गोरखाको नाम्रुङमा हेलिकप्टरबाट पठाइयो राहत


0
Shares

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४ नाम्रुङमा हिजो थेराङ खोला बाढीले विस्थापित पीडितका लागि गृहमन्त्रालयले हेलिकप्टरबाट राहत पठाएको छ । थेराङ खोलाको बाढीले ४ घरमा क्षति पुग्नुका साथै मनास्लु पदमार्गका पुलहरू बगाएको छ । 

The current image has no alternative text. The file name is: rahat-2.jpg

पीडितहरूलाई टेन्ट, म्याट्रेस, कम्बल, त्रिपाल, स्लीपिङ ब्याग, ब्लाङ्केटलगायतका सामग्री हेलिकप्टरमा लगेर वितरण गरिएको हो । 

सो क्षेत्रमा बाढीका मुहान प्रदूषित भएकाले खानेपानीको समस्या भएको छ भने लघु जलविद्युत्मा क्षति पुगेकाले विद्युत् अवरुद्ध छ । हिजो राहत लैजाने तयारी गरे पनि मौसमको खराबीले हेलिकप्टर उडान हुन सकेको थिएन ।

पीडितहरूलाई हिजै वडाले खाद्य सामग्री उपलब्ध गराइसकेको छ । चुमनुब्री गाउँपालिका गृहमन्त्री सुधन गुरुङको गृह पालिका समेत हो  ।

प्रतिक्रिया दिनुहोस्