
काठमाडौं । प्रधानमन्त्री वालेन शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहको नाम सिफारिस गरेका छन् । प्रधानमन्त्री शाहले उद्योगमन्त्रीमा साहको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार गौरी कुमारीले राजीनामा दिएपछि रिक्त भएको उद्योग मन्त्रालयको जिम्मेवारी साहलाई दिने निर्णय भएको हो । साह सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।















