Logo
Logo

एमालेको केन्द्रीय कमिटी बैठक जारी 


378
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज दोस्रो दिन पनि जारी रहेको छ । ललितपुरको भनीमण्डलस्थित रामबाग महलमा जारी केन्द्रीय कमिटीमा आज अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफलको तालिका रहेको छ ।

The current image has no alternative text. The file name is: umla-3.jpg

एमालेको केन्द्रीय कमिटी बैठकमा बैठक सञ्चालनको विषयमा विवाद आज पनि भएको छ । बैठकको शुरूमा केन्द्रीय सदस्य कर्णबहादुर थापाले बैठक सञ्चालनको प्रक्रियाका बारेमा विरोध गरेका थिए । 

उनले केन्द्रीय सदस्यहरूलाई बोल्नबाट रोक्न नहुने भन्दै विरोध गरेका थिए । यसअघि पहिलो दिन अध्यक्ष आफैले बैठक सञ्चालन गरेपछि नेता कृष्णगोपाल श्रेष्ठले विरोध गरेका थिए । पार्टीमा महासचिवले बैठक सञ्चालन गर्ने परम्परा रहेको भन्दै श्रेष्ठले अध्यक्ष आफैले बैठक सञ्चालन गरेको भन्दै आपत्ति जनाएपछि बैठकमा तनाव भएको थियो ।

यस पटक केन्द्रीय कमिटीको बैठक अध्यक्ष ओली आफैले सञ्चालन गरेका छन् भने बैठकमा मोबाइल लैजान समेत प्रतिबन्ध लगाएका छन् । 

आजको बैठकमा राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरूले तीन मिनेटमा आ९आफ्नो धारणा राख्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्