Logo
Logo

पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग दुईतर्फी


0
Shares

काठमाडौं । पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरे भन्ने स्थानमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग दुईतर्फी सञ्चालनमा आएको हो । 

The current image has no alternative text. The file name is: rajmarg.jpg

अविरल वर्षापछि यी दुई स्थानमा लेदोसहित पहिरो खसेका कारण शुक्रवार बिहान राजमार्ग एकतर्फी सञ्चालनमा थियो ।

यसअघि १० र १४ भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गर्दा १८ दिन पृथ्वी राजमागर्ग अवरुद्ध बनेको थियो ।कृष्णभिरमा नयाँ ट्र्याक खोलेर १ असोजदेखि पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्