Logo
Logo

वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा


0
Shares

काठमाडौं। अविरल वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बिदा दिएको छ ।

The current image has no alternative text. The file name is: biratnager.jpg

विराटनगर महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाले आज र भोलि विद्यालय बिदा दिएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज ८ गतेदेखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ ।

यो अवधिमा नदीनालामा पानीको बहाव बढ्न सक्ने, बस्ती तथा सडकमा डुबान हुन सक्ने र बाटोघाटो अवरुद्ध हुने जोखिम रहेकाले विद्यार्थी तथा सर्वसाधारणको सुरक्षाका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखाले जनाएको छ ।

पोखरा महानगरपालिकाले पनि वर्षाबाट हुने जोखिमलाई मध्येनजर गर्दै विद्यालयमा २ दिन स्थानीय बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्