Logo
Logo

इफ्तिखार अहमद जनकपुर बोल्ट्समा


0
Shares

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनका लागि पाकिस्तानी अनुभवी ब्याटर इफ्तिखार अहमदलाई अनुबन्ध गरेको छ ।

The current image has no alternative text. The file name is: iftikar.jpg

जनकपुरले आगामी सिजनका लागि घोषणा गरेको उनी तेस्रो विदेशी खेलाडी हुन् । पहिलो संस्करणको च्याम्पियन जनकपुरले यसअघि अमेरिकाका अलराउन्डर हरमित सिंह र न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमलाई अनुबन्ध गरिसकेको छ । एसोसिएट क्रिकेटका प्रभावशाली खेलाडी हरमितले जनकपुरको कप्तानी गर्नेछन् ।

३६ वर्षीय इफ्तिखारले पाकिस्तानका लागि ४ टेस्ट, २८ एकदिवसीय अन्तर्राष्ट्रिय र ६६ टि ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको एकमात्र शतक नेपालविरुद्ध रहेको छ ।

सन् २०२३ को एसिया कपमा मुल्तानमा नेपालविरुद्ध इफ्तिखारले ७१ बलमा ११ चौका र ४ छक्कासहित अविजित १ सय ९ रन बनाएका थिए । त्यसअघि उनले कराँचीमा न्युजिल्यान्डविरुद्ध अविजित ९४ रनको इनिङ खेलेका थिए ।

इफ्तिखारले एकदिवसीय अन्तर्राष्ट्रियमा १०६ भन्दा माथि र टी–२० अन्तर्राष्ट्रियमा १२९ भन्दा माथिको स्ट्राइक रेटमा रन बनाएका छन् । ब्याटिङसँगै उनी अफ स्पिन बलिङ पनि गर्छन् । सन् २०२० मा जिम्बावेविरुद्धको एकदिवसीय खेलमा ४० रन खर्चेर ५ विकेट लिनु उनको उत्कृष्ट बलिङ प्रदर्शन हो ।

इफ्तिखारले पाकिस्तानका लागि पछिल्लो पटक सन् २०२४ मा अमेरिकामा भएको टि ट्वान्टी विश्वकप खेलेका थिए । उनले सबैखाले टि ट्वान्टी क्रिकेटमा ३२९ खेल खेल्दै ६ हजारभन्दा बढी रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्