Logo
Logo

एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपालले आज अफगानिस्तानको सामना गर्दै


0
Shares

काठमाडौं । एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अफगानिस्तानको सामना गर्दै छ । यो खेल आज नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि जापानको निसिनस्थित कोरोगी खेलकुद पार्कमा हुँदै छ ।

The current image has no alternative text. The file name is: cricket-4.jpg

पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ । यस समूहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको छ । अफगानिस्तानको एशियाली खेलकुदमा मुख्य टिम भने सहभागी भएको छैन । नेपालले दोस्रो खेल सेप्टेम्बर २६ मा जापानसँग खेल्ने तालिका छ । त्यस्तै समूह ‘बी’ मा हङकङ चीन, मलेसिया र ओमान रहेका छन्  ।

समूह चरणपबाट चार देश क्वाटरफाइनलमा जाने छन् भने क्वार्टरफाइनलका खेल सेप्टेम्बर २८ र २९ मा हुनेछन् । पाकिस्तान, भारत, श्रीलङ्का र बङ्गलादेशले क्वार्टरफाइनलबाट प्रतियोगिता सुरु गर्नेछन् । सेमिफाइनल अक्टोबर १ तथा कांस्य पदकको खेल र फाइनल अक्टोबर ३ मा हुने तालिका छ ।

प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टिम चयन गरिएको हो । टिममा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा, कुशल मल्ल र लोकेश बम रहेका छन् ।

सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ भारतले स्वर्ण पदक जितेको थियो । पाकिस्तानलाई हराउँदै बङ्गलादेशले कांस्य पदक जितेको थियो । महिला क्रिकेटमा भारतले स्वर्ण, श्रीलङ्काले रजत र बङ्गलादेशले कांस्य पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्