काठमाडौं । २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८-२४ ले पराजित भएको हो ।

पहिलो हाफमा ३१-१७ को जित निकालेको भारतले दोस्रो हाफमा १७-७ को जित निकालेको हो । नेपाली टोली गत संस्करणको १९औँ एसियन गेम्स सेमिफाइनलमा पनि भारतसँग पराजित भएर कास्यमा चित्त बुझाएको थियो । नेपालले समूह चरणमा थाइल्यान्डलाई हराउँदा चाइनिज ताइपेइसँग पराजित भएको थियो । त्यसपछि अन्तिम खेलमा श्रीलङ्कालाई हराएर सेमिफाइनलमा स्थान बनाउँदै कास्य पदक पक्का गरेको थियो ।
नेपालका लागि जारी एसियन गेम्समा यो दोस्रो पदक हो । यसअघि पुरुष करातेको कुमिते ८४ केजीमा तेन्जिङ शेर्पाले कास्य जितेका थिए ।














