Logo
Logo

पूर्वमन्त्री साहलाई नगर प्रमुखले दिए पिट्ने धम्की


1k
Shares

काठमाडौं । महोत्तरी-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साहले आफ्नो क्षेत्रका एक नगर प्रमुखले आफूलाई कुटपिट गर्ने धम्की दिएको दाबी गरेका छन् । 

The current image has no alternative text. The file name is: deepak-1.jpg

पूर्वश्रममन्त्री समेत रहेका साहका अनुसार ती नगर प्रमुखले फोन गरेर आफ्नो पालिकाभित्रको कुनै पनि वडामा आए पिट्ने र पिटाउने चेतावनी दिएका हुन्।

साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पिट्न वा पिटाउन सकिनँ भने म मेरो बुवाको छोरा होइन ।’ राजनीतिमा असहमति, मतभेद र बहस हुनु स्वाभाविक भए पनि जननिर्वाचित जिम्मेवार पदमा बसेको व्यक्तिबाट शारीरिक आक्रमणको धम्की आउनु अत्यन्त गम्भीर विषय भएको साहले बताएका छन् । 

उनले यस घटनालाई व्यक्तिगत विवाद बनाउन नचाहेको तर सुरक्षासँग प्रत्यक्ष जोडिएकाले सार्वजनिक जानकारी र ध्यानाकर्षणका लागि बाहिर ल्याएको बताएका छन् ।  

यस्ता धम्कीले आफूलाई जिम्मेवारीबाट पछि नहटाउने दृढता व्यक्त गर्दै उनले डर, धम्की र हिंसाको साटो विचार, संवाद र लोकतान्त्रिक संस्कारको राजनीति हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्