Logo
Logo

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित


189
Shares

काठमाडौं । काठमाडौंसहित देशभरि प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज कतिपय विमानस्थलमा भिजिविलिटीको समस्या छ ।

The current image has no alternative text. The file name is: Airport-Raining-Final-1024x500-1.jpg

जसले गर्दा तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलका उडानहरू प्रभावित भएका छन् । तुम्लिङटारमा बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ । भरतपुरका लागि बुद्ध एयरका मात्र तीन उडान रद्द भइसकेका छन् ।

पोखराको समेत अनुकूल मौसम पर्खाइमा उडानहरू डिले भएका छन् । अन्य गन्तव्यमा भने उडान भइरहेको छ । अन्तर्राष्ट्रिय उडानहरू भने अहिले सामान्य भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्