Logo
Logo

संसद विघटनविरुद्ध चौतर्फी प्रदर्शन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ पुस । संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलन चर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधासनक कदमविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतले सडक प्रदर्शन गरिरहेका छन् । पूर्वराजा ज्ञानेन्द्रले माघ १९ गते चालेको कदमको पनि यसैगरी विरोध भएको थियो । र, ज्ञानेन्द्रले तोकेको निर्वाचन दलहरुले बहिष्कार गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने समेत बताएका छन् । संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको उनले बताए । संसद विघटनको विरोधमा सोमबार भक्तपुर क्षेत्र नम्बर–२ मा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले भने, ‘यो मुद्दा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले पनि आज ७७ जिल्लामा प्रदर्शन सुरु गरेको छ । प्रतिनिधिसभा विघटनबाट असन्तुष्ट बनेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मंगलबार देशभर प्रदर्शन गर्दैछ । यसअघि नै संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले ७७ वटै जिल्लामा जिल्ला स्तरिय भेला गरिसकेको छ ।

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकाले तुरुन्त फिर्ता लिनुपर्ने चौतर्फी आवाज उठिरहेको बेला प्रचण्ड–नेपाल समूहले देशव्यापी प्रदर्शन गर्न लागेको हो । प्रधानमन्त्रीको कदमविरद्ध बृहत नागरिक समूहले प्रदर्शन गर्दै आएको छ । आइतबार माइती घर मण्डलामा शंख बजाएर आन्दोलनको विभिन्न कार्यक्रम तय गरेको बृहत्त नागरिक समूहले सोमबार काठमाडौंमा डम्फूसहित विरोध प्रदर्शन गरेको छ ।

साताव्यापी विरोध कार्यक्रम अन्तर्गत उनीहरुले माइतीघरमा सोमबार डम्फूसहित प्रदर्शन गरेका हुन् । विरोध कार्यक्रममा लेखक, कवि, कलाकार एवं नागरिकको सहभागिता थियो । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले पनि सोमबार देशभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने समेत बताएका छन् । संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको उनले बताए । संसद विघटनको विरोधमा सोमबार भक्तपुर क्षेत्र नम्बर–२ मा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले भने, ‘यो मुद्दा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो ।’

कम्युनिस्ट सरकार आएपछि दुई तिहाईका कारण अदालत केही डराएको भन्दै देउवाले कतिपय कुरामा अदालतले स्वविवेकीय निर्णय गरेको आरोप लगाए । उनले भने, ‘त्यसैले हाम्रो इच्छाविरुद्ध होस् कि इच्छाअनुसार होस्, अदालतको निर्णय मान्छौँ ।’ ससंद विघटनको विरोधमा चौतर्फी प्रदर्शन हुन थालेपछि उपत्यकाको सवारी आगमगनमा समेत अस्तव्यस्त हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्