Logo
Logo

महिलाको कोठामा गएर दुव्र्यवहार गर्ने एक पक्राउ


- दृष्टि न्युज/संवाददाता


बाजुरा, १९ पुस । महिलाको कोठामा गएर दुव्र्यवहार गर्ने बाजुराका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बुढीगंगा नगरपालिका–७ लामागाँउका अन्दाजी ३८ वर्षीय भरतराज गिरी रहेका छन् । गीरीले महिलाको कोठामा गएर दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

शनिबार राति गिरीले आफू घरमा एक्लै भएको बेला कोठामा आएर दुव्र्यवहार गरेको ती महिलाले आरोप लगाएकी छिन् । महिलाले टेलिफोनमार्फत उक्त जानकारी दिएपछि गिरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अब महिलाको जाहेरीका आधारमा थप अनुसन्धान थाल्ने प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताए ।

लडेर गम्भीर घाइते भएका खड्काको मृत्यु

बडिमालिका नगरपालिका–६ कोर्धमा घाँस काट्न गएका बेला भिरबाट लडेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–६ कोर्धका धनबहादुर खड्का रहेका छन् । शनिबार गाईभैँसीलाई घाँस काट्न गएका मृतक खड्का घर नफर्किपछि आफन्तले खोजी गर्दा आइतबार विहान गाउँ नजिकैको खणिल्ला भिरमा घाइते अवस्थामा भेटाएको आफन्तले जनाएका छन् ।

घाइते भएका खड्काको उपचार गर्न नपाउँदै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । खड्काको रातभरि खोजी गर्दा आइतबार बिहान खणिल्ला भिरमा लडेर गम्भीर घाइते अवस्थामा फेला पारेको बताइएको छ । मृतक खड्काका श्रीमती र छोराछोरी बेसहारा बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्