Logo
Logo

संसद् अधिवेशन तत्काल आह्वान गर्न विपक्षी दलहरूको माग


252
Shares

काठमाडौं । विपक्षी दलहरूले संघीय संसद्को बैठक तत्काल आह्वान गर्न माग गरेका छन् । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले तत्काल संसद आह्वान गर्न माग गरेका हुन् ।

नेकपाका नेता प्रमेश हमालले विपक्षी दलहरुको बैठकले तत्काल संसद बैठक बोलाउन माग गर्ने निर्णय भएको जानकारी दिए । बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक बासना थापा सहभागी थिए ।

त्यस्तै नेकपा एमालेका तर्फबाट संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल, जनता समाजवादी पाटीबाट महन्थ ठाकुर रराप्रपाबाट खुश्बु ओली सहभागी थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000