Logo
Logo

उमेरै नपुगी विवाह गर्नेको विवाहमा बुढीनन्दाका पुजारी नजाने


- दृष्टि न्युज/संवाददाता


बाजुरा, १९ पुस । जिल्लाको बुढिनन्दा नगरपालिकाका सबै पुजारी तथा पुरोहितहरुले उमेर नपुगी विवाह गर्ने जोसुकैको विवाहमा सहभागी नहुने प्रतिबद्धता गरेका छन् । बाजुरालगायत सुदूरपश्चिममै बालविवाहको भयावह अबस्था बनिरहेको बेला बुढीनन्दा नगरपालिकाले भने नयाँ कामको थालनी गरेको छ ।

यसअघि पनि विभिन्न संघसंस्था र सरकारी कार्यालयबाटै बिभिन्न नियम बनाएको भए पनि यस्तो नियमचाहिँ नबनेकाले नगरपालिकाले नयाँ विधि अपनाएको बुढिनन्दा नगरपालिकाकी नगर उपप्रमुख श्रृष्टी रेग्मीले बताइन् ।

मुलुकी देवानी सहिंता २०७४ को भाग ३ परिच्छेद १ दफा ७० (१) मा बिबाह गर्न २० बर्ष पुरा गरेको हुनुपर्ने कानुनमा उल्लेख गरेको भए पनी पुरानै संस्कारअनुसार बिबाह गर्नाले समाजमा नकरात्मक असर पर्दै गएको देखीन्छ । बाल बिबाहले बिकराल अबस्था ल्याएको र अझ थप समस्यामा कोही पनी नपरुन भनेर नगरपालिकाले यहाँका पुजारीहरुलाइ तिन बुदेँ आचारसहिता सहित प्रतिबबद्धता पत्रमा हस्ताक्षर गराएको उपप्रमुख रेग्मीले बताएकी छन ।

सामाजिक वा धार्मीक रुपमा बिबाह गराइने केटा र केटीको नेपाली नागरिकताको प्रमाण पत्र अथवा जन्मदर्ता प्रमाण पत्र माग गरि कानुन बमोजिमको उमेर पुगेका बिबाह गर्नेको हकमा मात्र सामेल हुने पुजारी तथा पुरोहितहरुले प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी समाजमा उमेर नपुगी बिबाहरु भएको देखेमा वा जानकारी पाएमा यथासिर्घ जानकारी गराउने प्रतिबद्धता समेत गरेको बुढिनन्दा नगरपालिकाका एक पुजारी प्रमानन्द उपाध्यायले बताए । यसरी नियमको उल्लघन गरी त्यस्ता गैर कानुनी बिबाहमा सामेल नहुने भोजमा सहभागी नहुने र भएको खण्डमा कानुन बमोजीम सजाय भोग्न तयार हुने गरी प्रतिबद्धता गराएको पुजारी उपाध्यायले बताए ।

उमेर नपुगी बिबाह गराउनेलाई मुलुकी अपराध सहिंता २०७४ को परिच्छेद ११ दफा १७३ (३) बमोजिम ३ बर्ष कैद र ३० हजार जरिवानाको ब्यबस्था गरिएको छ । तर गाउँमा भने बाल बिबाह गर्नेको संख्यामा भनी कमी नआएको देखीएका कारण बुढिनन्दा नगरपालिकाले यस्तो ब्यबस्था गरिएको उपप्रमुख रेग्मीले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्