काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुँदैछन् ।
जारी प्रतियोगितामा कर्णाली याक्सले ३ खेलमा २ जित र एक हार बेहोरेको छ र अङ्क तालिकामा तेस्रो स्थानमा छ । त्यस्तै सुदूरपश्चिम रिय्ल्सले ४ खेलमा २ जित र २ हार बेहोरेर ४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दैछन् । जारी प्रतियोगितामा चितवन राइनोजले ३ खेलमा एक जित र एक हार बेहोरेको छ भने एक खेल रद्द भएको थियो । त्यस्तै पोखरा राइनोजले भने लगातार तीन हार बेहोरेको छ ।

















