Logo
Logo

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन


0
Shares

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित चार जना नै न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् ।

न्यायपरिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो ।

चार प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए । उनीहरूउपर शुक्रवार र शनिवार सिंहदरबारस्थित संसदीय समितिमा उनीहरूको सुनुवाइ भएको थियो । उजुरीउपर छलफल सकाएर समितिले सुनुवाइ गर्‍यो र अनुमोदनको निर्णय गरेको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000