Logo
Logo

छायाँ सेन्टरका विरोधीलाई चेतावनी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ पुस । ठमेलको क्षेत्रलाई राजधानीको आर्थिक गतिविधिको केन्द्र बनाउने उद्देश्यले स्थापना भएको छाँयादेवी कम्प्लेक्सको विरोध गर्नेहरुलाई सम्बद्ध मजदूर युनियनहरुले चेतावनी दिएका छन् । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन केन्द्रीय कमिटी र नेपाल ट्रेकिङ, ट्राभल्स, ¥याफ्टिङ, एयरलायन्स, संस्कृति, पुरातात्विक, कार्गाे, कुरियर श्रमिक मजदुर युनियन (युनिट्राभ)का केन्द्रीय कमिटीहरुले मजदुरहरुको रोजीरोटीमा दखल नदिन संयुक्त रुपमा यस्तो चेतावनी दिएका हुन् ।

सेन्टरका विषयमा अनावश्यक र निराधार हल्ला फिजाउदै आएका भागवत नरसिंह प्रधानलाई त्यहाँ कार्यरत व्यक्तिहरुको रोजीरोटीमा दखल नदिन ध्यानाकर्षण गराएका हुन् । छाँया सेन्टरमा सञ्चालित विभिन्न व्यवसायमा हाल १२०० मजदूर कार्यरत छन् ।

दुवै मजदूर संगठनहरुका तर्फबाट प्रधानलाई बुझाइएको चेतावनीयुक्त ज्ञापनपत्रमा प्रचलित कानूनअनुसार अनुमति लिएर छायाँदेवी कम्प्लेक्समा निर्वाधरूपमा वैधानिक व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न पाउने संवैधानिक हक र अधिकारमा अवरोध सिर्जना गर्दै मजदुरहरुमाथि चुनौती सिर्जना गरिएको उल्लेख गर्दै भनिएको छ– “तपाईं लगायतले नियमित हस्तक्षेप गरी ग्राहक भड्काउने अतिथिहरुलाई दबाबदिने, बिशिष्ट पाहुना तथा प्रमुख अतिथिहरुलाई छायाँ देबि कम्प्लेक्स वा छायाँ सेन्टरमा हुने कुनै पनि कार्यक्रममा सरिक नहुन दबाब सिर्जना गर्नुका साथै मेरियट इन्टरनेशनल, भिएफएस (अन्तर्राष्ट्रिय भिषा सहजीकरण कार्यालय)का अन्तर्राष्ट्रिय हेडक्वाटरहरुलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धमा दबाब दिनुको साथै सामाजिक सञ्जालहरुमार्फत गलत सन्देश प्रवाह गरी व्यावसायिक साझेदारी प्रवद्र्धन तथा प्रतिष्ठामाथि क्रमबद्ध आक्रमण भइरहेका कारण त्यहाँ रहेका करिब १२०० मजदुर तथा स्वरोजगार व्यवसायीहरुको जीवन निर्वाहसमेत धरापमा पर्न गएको छ ।”

मजदूर प्रतिनिधिहरुले यस्ता क्रियाकलापले छाँया सेन्टरमा व्यवसायरत साना तथा स्वरोजगार व्यवसायी, त्यहाँ कार्यरत मजदूरहरु र तिनका आश्रित परिवारका साथै देशको पर्यटकीय र आर्थिक क्रियाकलापमा पनि असर पर्न गएको उल्लेख गर्दै भनेका छन्– “उपरोक्त अवाञ्छित क्रियाकलाप तथा व्यवसायमाथिको दुष्प्रचार तथा आक्रमण रोकी तपाईँ आफैँद्वारा दायर मुद्दामाथि सम्मानित अदालतको निर्णयप्रति निष्ठायुक्त प्रतिबद्धता तीन दिनभित्र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन केन्द्रीय कमिटी र नेपाल ट्रेकिङ, ट्राभल्स, ¥याफ्टिङ, एयरलायन्स, सस्कृति, पुरातात्विक, कार्गाे, कुरियर श्रमिक मजदुर युनियन (युनिट्राभ), केन्द्रीय कमिटीमा जानकारी गराउनु हुन अनुरोध गरिएको छ अन्यथा तपाईँको अवाञ्छित गतिविधिविरुद्ध मजदुरको रोजीरोटीसहित हकहितका निम्ति उत्रन बाध्य हुने व्यहोरा अवगत गराइन्छ ।”

महासचिव रामबहादुर श्रेष्ठको नेतृत्वमा गएको मजदुरहरुको समूहले बुझाएको ज्ञापनपत्रमा नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, केन्द्रीय कमिटीका अध्यक्ष सुर्यबहादुर कुँवर र युनिट्राभ केन्द्रीय कमिटीका अध्यक्ष सुमन पराजुलीले हस्ताक्षर गरेका छन् ।

विश्वस्तरीय एलफट् होटल अवस्थित छाँया कम्प्लेक्समा काठमाडौंका प्रतिष्ठित नेवार समुदाय र नेपालका प्रतिष्ठित व्यापारिक घरानाको अर्वाेंको लगानी रहेको छ । यो सेन्टरमा होटल बाहेक स्तरीय क्यासिनो, नाईट क्लब, रेस्टुेन्ट तथा कफि सप, सिनेमा घर र विश्वका प्रतिष्ठित कम्पनीहरुका ब्राण्डेड सामानहरुको शो रुम रहेका छन् ।

स्मरणरहोस्, यस छायाँ देवी कम्प्लेक्सले खरिद गरेको जग्गाका बारेमा कुनै विवाद नरहेको पत्र विक्रमशील महाविहार सिंहसार्थ बाहु गरुड भगवान गुठीले छाँयादेवी कम्प्लेक्सलाई दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्