Logo
Logo

मंसिर महिनाका लागि बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर (सूची)


0
Shares

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी ६ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर मंसिर महिनाका लागि ०.११ प्रतिशत बिन्दुले घटेर ३.८७ प्रतिशतमा झरेको छ । कात्तिक महिनामा यस्तो औसत ब्याजदर ३.९८ प्रतिशत थियो ।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ०.१ प्रतिशत बिन्दुले घटेर २.९७ प्रतिशतमा कायम भएको छ । कात्तिक महिनामा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर २.९९ प्रतिशत थियो ।

मंसिर महिनाका लागि ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

त्यस्तै, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनआईसी एसिया बैंकले मंसिर महिनाका लागि ब्याजदर यथावत् राखेका छन् ।

बैंकहरुको ब्याजदर:

क्र.सं.वाणिज्य बैंकहरू२०८३ कात्तिक व्यक्तिगत२०८३ कात्तिक संस्थागत२०८३ मंसिर व्यक्तिगत२०८३ मंसिर संस्थागत
१सानिमा बैंक४.५३.५१४.५३.५१
२नेपाल बैंक४.१५३.५४.१५३.५
३एभरेष्ट बैंक३.७५३.२५३.७५३.२५
४लक्ष्मी सनराइज बैंक४३.२५३.७५३.२५
५हिमालयन बैंक४३.२५४३.२५
६एनएमबि बैंक४.५३.५४.२५३.२५
७सिद्धार्थ बैंक३.७६३.०५३.७६३.०५
८माछापुच्छ्रे बैंक४.५३३.५३
९नेपाल इन्भेस्टमेन्ट मेगा बैंक३.७३३.७३
१०एनआईसी एसिया बैंक४३४३
११राष्ट्रिय वाणिज्य बैंक४३४३
१२कुमारी बैंक३.७२.७५३.६९२.७५
१३स्ट्यान्डर्ड चार्टर्ड बैंक३.७२.७५३.६५२.७५
१४कृषि विकास बैंक४.१५२.७५३.६५२.७५
१५नबिल बैंक३.७५२.७५३.७५२.७५
१६सिटिजन्स बैंक इन्टरनेसनल३.८५२.७५३.८५२.७५
१७नेपाल एसबीआई बैंक४२.७५४२.७५
१८प्राइम कमर्सियल बैंक४२.७५४२.७५
१९ग्लोबल आइएमई बैंक४२.७५४२.७५
२०प्रभु बैंक४.२५२.७५४.२५२.७५

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000