Logo
Logo

राखेपले एन्फामाथिको निलम्बन र प्रतिबन्ध हटायो


0
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएका सबै निलम्बन तथा प्रतिबन्ध हटाएको छ ।

राखेपले बिहीबार पत्र पठाउँदै एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिकलगायत सबै प्रतिबन्ध हटाउने निर्णय भएको जानकारी गराएको हो । राखेपको निलम्बन हटे पनि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को निलम्बन भने हटेको छैन । जसका कारण नेपालले पहिलोपटक साफ खेल्नसमेत पाएन । फिफाले एन्फालाई कुनै पनि फुटबल गतिविधि नगर्न भनेको छ ।

राखेपका सदस्य सचिव रामचरित्र मेहताले हस्ताक्षर गरेको पत्रअनुसार कार्यकारी समितिको बैठकले एन्फामाथिका सबै निलम्बन तथा प्रतिबन्ध हटाउने निर्णय गरेको हो । उक्त निर्णय पत्र जारी भएको मितिदेखि लागू हुने जनाइएको छ । राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ ९३० अनुसार प्रतिबन्ध हटाउने निर्णय गरिएको जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000