
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डाक्टर सुरेन्द्रलाव कर्णले उनलाई आज पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
यादव शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा जनता समाजवादी (जसपा) नेपाल संसदीय दलका नेता रहेका यादवलाई प्रदेश प्रमुख कर्णले मुख्यमन्त्री नियुक्त गरेका थिए ।


















