ट्रक दुर्घटनामा एक जनाको मृत्यु


Published On : 8 January, 2021

इलाम, २४ पुस । यहाँस्थित माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन् । राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा निधन भएको हो । ना३ख २०५ नम्बरको गोलिया बोकेको ट्रक पाँचथरको रविबाट दमक झापातर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

ट्रक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । हाल ट्रक चालक ताप्लेजुङ मेले गाउँपालिका–१ का २० वर्षीय प्रमोद श्रेष्ठ इलाका प्रहरी कार्यालय दमक झापाको नियन्त्रणमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्