Logo
Logo

अर्थ समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिमा नागरिक लगानी कोषको कामकारबाही, लगानी र प्रतिफलको अवस्थाबारे आज छलफल हुने भएको छ ।

The current image has no alternative text. The file name is: artha-samiti.jpg

समितिको ३६औँ बैठक मङ्सिर १० गते आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने तय भएको छ । बैठकमा नागरिक लगानी कोषबाट हालसम्म सम्पादन भएका काम, कोष परिचालनको अवस्था, लगानी तथा प्रतिफल, भावी कार्ययोजना र संस्थाले भोगिरहेका समस्या एवं सुधारका क्षेत्रबारे प्रस्तुति र छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव तथा नागरिक लगानी कोषका अध्यक्षलाई आमन्त्रण गरिएको समितिले जनाएको छ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000