Logo
Logo

गौतमबुद्ध क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिटको लागत तयार पारेर पठाउन मन्त्रीको निर्देशन

आगामी सिजनको एनपीएल गर्नगरी अगाडि बढाइने


0
Shares

काठमाडौं । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा फ्लडलाइट र प्यारापिटको लागत इस्टिमेट तयार गरेर पठाउन निर्देशन दिएका छन् ।

The current image has no alternative text. The file name is: gautambudha-.jpg

रामपुरमा निर्माणाधीन रङ्गशालाको निरीक्षणपछि मन्त्री लम्सालले तीन महिनाभित्र लागत इस्टिमेट तयार गरेर मन्त्रालयमा पठाउन निर्देशन दिएका हुन् । त्यसका लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्ने मन्त्री लम्सालले बताए । 

मन्त्री लम्सालले आगामी सिजनको नेपाल प्रिमियर लिग(एनपीएल) चितवनका गर्न सक्नेगरी तयारी अगाडि बढाउनुपर्ने बताए । रङ्गशालाको प्यारापिट, मैदान र दुईवटा भीआइपी टावर बनाउने काम जारी छ ।

रङ्गशालाको पहिलो चरणको कामका लागि भरतपुर महानगरपालिकाले २०८१ साल असार २४ गते हिमालयन जेभीलाई ठेक्का दिएको थियो । ३० महिनाको समय दिएर भएको ठेक्का सम्झौताको मिति यही पुस २७ गते सकिँदै छ । काम जम्मा ६८ प्रतिशत मात्रै भएको छ । ठेकेदारले म्याद थप माग्ने तयारी गरेको छ ।

सुरुमा ७८ करोड ५० लाख ९१ हजारमा ठेक्का लिएको कम्पनीले भेरिएशन गराएर लागत रकम  ८६ करोड २४ लाख ८४ हजार पुगेको छ ।विसं २०७५ माघ १६ गते धुर्मुस-सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भई प्रारम्भिक काम २०७६ मङ्सिरदेखि सुरु भएको थियो ।

फाउन्डेसनले आर्थिक स्रोत जुटाउन नसकेपछि २०७८ सालबाट निर्माण रोकिएको थियो । फाउनडेशनले महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेपछि  टेण्डर मार्फत काम अगाडि बढेको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000