Logo
Logo

डा. आईएल आचार्यविरुद्ध मुद्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ पुस । काठमाडौंको बालुवाटारको जग्गा हिनामिनाकै शैलीमा ललितपुरमा पनि ८ रोपनी १२ आना जग्गा हिनामिना भएको खुलेको छ । खोलामा पर्ने ८ रोपनी १२ आना जग्गा नक्सा तोडमोड गरी व्यक्तिको नाममा दर्ता गराएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुद्दा दायर गरेको छ । काठमाडौैं अस्पताल, यूरो हाउजीङ र मालपोतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

कम्पनीका सञ्चालकहरु गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धरविरुद्ध मुद्दा दायर भएको छ । त्यस्तै काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरु डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोशी र दुर्गेस नन्दिनी भट्टचनविरुद्ध समेत मुद्दा दायर भएको छ ।

कर्मनाासा खोलाको जग्गा हिनामिना गरेर बिक्रि भएको हो । जसमा आयोगले सात कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । नापी कार्यालय ललितपुरका तत्कालिन प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादब, सर्भेक्षक केशब थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालिन प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, दिनेश न्यौपाने र र खरिदार आत्माराम लुईटेलको यसमा संलग्नता रहेको आयोगले जनाएको छ । यूरो हाउजीङ डेभलपर्सका कम्पनीका सञ्चालकहरुले जग्गा हिनामिनाको योजना बनाएका थिए । सो कम्पनीका सञ्चालकहरु गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धरविरुद्ध मुद्दा दायर भएको छ । त्यस्तै काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरु डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोशी र दुर्गेस नन्दिनी भट्टचनविरुद्ध समेत मुद्दा दायर भएको छ ।

सबैलाई २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयँ ८८ पैसा बिगो दाबी गरि मुद्दा दायर भएको छ। उनीहरुले सो जग्गा प्लटिङ गरी विभिन्न व्यक्तिलाई बिक्रि गरेका थिए । जग्गा किन्ने ३३ जनाविरुद्ध भने जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र मुद्दा दायर भएको छ ।

यस्तै गरी धोबीखोलाको आसपासको सयौं रोपनी जग्गा समेत विभिन्न व्यक्तिले हात पारिसकेका छन् । यससम्बन्धमा विगतमा धेरै छानबिन भएपनि कारबाही हुन सकेको छैन । नक्कली मोही खडा गरी धोबिखोला आसपासको जग्गा ठूला व्यक्तिहरुले हात पारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्