Logo
Logo

घरेलु भरुवा बन्दुकसहित ४ पक्राउ


- दृष्टि न्युज/संवाददाता


बाजुरा, २८ पुस । घरेलु भरुवा बन्दुक सहित ४ जना पक्राउ परेका छन् । बडिमालिका वडा न ३ रजालीका ४ जनालाई बन्दुकसहित प्रहरीले प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जंगली जनावरको सिकार गर्नका लागि गाउँको छानामा राखेको अबस्थामा प्रहरीले फेला पारेर २ बन्दुक १ बनाउन राखीएको अबस्था राखीएको बन्दुक सहित ४ जनालाई रङ्गे हात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक अर्थात सुचना अधिकारी लोकेन्द्र सिहं ठगुन्नाले बताएका छन ।

नन्द ल्वार र बिरभाने ल्वारको छानाबाट सो बन्दुक र बन्दुक बनाउन तयारी अबस्थामा राखीएको बन्दुक सहित बरामत गरीएको सुचना अधिकारी ठगुन्नाले बताएका छन । ति ४ जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको र अनुसन्धन प्रक्रिया अगाडी बढाउन बताएका छन । उनलाई हात हतियार तथा खर खजना सहित मुद्धा दर्ता हुने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

मार्तडीबाट तिपाडा जाँदै गरेको नम्बरविहीन ट्रयाक्टर चौराटी खेत नजिक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रयाक्टर मालिक स्वमिकार्तिक ४ छापुका ६० बर्षीया धन नाथयोगीको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्लेद्रसिहं ठगुन्नाले बताएका छन ।

उनको उपचारकै क्रममा मृत्यु भइसकेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । राती १० बजे सामान लिनको लागि तिपाडा तिर खालि सिलिन्डर ग्यास लैजाने क्रममा सो ट्याक्र दुर्घटना भएको सुचना अधिकारी ठगुन्नाले बताए । ट्याक्टर चालक भने अहिले सम्म फरार रहेको जनाईएको छ । ट्याक्टर रोड बाट १०० मिटर तल खसेको जनाएको छ ।
– नन्दा थापा

प्रतिक्रिया दिनुहोस्