Logo
Logo

प्रचण्ड-माधवसँग संयुक्त आन्दोलन नगर्ने देउवाको जवाफ


- दृष्टि न्युज/संवाददाता

3.8k
Shares

काठमाडौं, १ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहसँग संयुक्त आन्दोलन नगर्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका अध्यक्षद्धय प्रचण्ड र माधव नेपालसँग कुराकानी गर्दै देउवाले संयुक्त आन्दोलन नगर्ने बताएका हुन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ, अदालतले जे निर्णय गर्छ त्यो हाम्रो पार्टीले मान्ने देउवाको भनाई रहेको छ ।

भेटका क्रममा प्रचण्ड र माधव नेपालले ‘मिलेर जाऔँ, संयुक्त संघर्ष गरौं र प्रतिनिधि सभा पुनर्स्थापना गरौँ’ भनेर प्रस्ताव राखेका थिए । प्रचण्ड र नेपालले ओलीको असंवैधानिक कदमलाई बल पुग्ने गरी प्रस्तुत नभइ दिनसमेत आग्रह गरेका थिए । यसको जवाफमा देउवाले ‘हामी संयुक्त आन्दोलन गर्दैनौँ, एक्लै विरोधका कार्यक्रम गर्छौं भनेर जवाफ दिएका दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि देउवा र नेकपाको प्रचण्ड–माधव समुहबीच पहिलो पटक भेटवार्ता भएको हो । देउवासँगको भेटमा सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दालाई मध्यनजर गर्दै संयुक्त संघर्षदेखि सत्ता-सहकार्यसम्मको प्रस्ताव-प्रचण्ड नेपालले गरेको बताईएको छ ।

यो पनि पढ्नुहोस्…

नेकपा प्रचण्ड-नेपाल समूहले खोज्यो कांग्रेससँग सहकार्य

प्रतिक्रिया दिनुहोस्