Logo
Logo

संविधानअनुसार प्रतिनिधिसभा विघटन : बस्नेत


- दृष्टि न्युज/संवाददाता


विराटनगर, १ माघ । नेकपा ओली गुटका नेता महेश बस्नेतले दोस्रोपटक मृगौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य राम्रो भएपछि प्रचण्ड र माधव नेपालको कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने सपना असफल भएको बताएका छन् । बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुुन् ।
पूर्वमन्त्रीसमेत रहेका बस्नेतले प्रधानमन्त्री ओलीले संविधानअनुसार प्रतिनिधिसभा विघटन गरेको समेत दावी गरे । उनले लोकतन्त्रको महत्वपूर्ण पक्ष आवधिक निर्वाचन भएको बताउँदै विसंगतितर्फ जानुभन्दा डेढ वर्ष अघि चुनाव गर्नु उपयुक्त हुने बताए ।
उनले नेकपाका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भने, ‘उहाँ पूर्वएमालेको विरालो बोकेर हामीसँगै म्याउ गर्दै हुनुहुन्छ ।’ प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद रहेको समेत उनको भनाइ छ । ६४ प्रतिशत जनमत बोकेको व्यक्तिले संसद विघटन गरेकाले संसद पुर्नस्थापना गर्नु भनेको जनताको अभिमतको अपमान हुने नेता बस्नेतको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्