Logo
Logo

प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरुद्ध प्रदर्शन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ माघ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै नेविसंघ शंकरदेव क्याम्पसका बिद्यार्थीहरुले काठमडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी बिद्यार्थीले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने शरीरमा नारा लेखिएको कालो परिहन लगाएका थिए ।


युवा विद्यार्थीले ‘केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, जस्ता नारा लेखिएका प्ले कार्ड सहित प्रदर्शन गरेका हुन । प्रधानमन्त्री ओलीले संविधान विपरित काम गरेको भन्दै बिरोध गरिएको प्रदर्शनमा सहभागी बिद्यार्थी नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्